अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०२-१२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१५ बुद्ध पार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्राम २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध फेनारगन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल, नाइट्रोभेट १ सय ५ ट्याब्लेट, नगद ३० लाख १७ हजार २ सय ४५ रूपैयाँ र मोबाइल ८ थान सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय कुमार लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, वेलका नगरपालिका-९ कमलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ लालबजार बस्ने २७ वर्षीय सन्देश मगर र सोही नगरपालिका-३ कालीखोला नेवार टोल बस्ने २५ वर्षीय पारश राई रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले चतराबाट रामपुरतर्फ आउँदै गरेको बा.३० प ६००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-५ कौवा खेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-९ बस्ने २७ वर्षीय प्रमोद गिरी र २२ वर्षीय राम बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.१ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-९ भवानीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-७ लखनपुर बस्ने २३ वर्षीय अबिनाश थारू र २७ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् । अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-४ आन्द्रमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय रूद्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-७ भुजहवा पुर्वीटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र आईपिपिएल १० एम्पुल सहित सोही गाउँपालिका-७ भुजहवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुजहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ एरीचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तातापानी बस्ने १९ वर्षीय सुदिप श्रेष्ठ २० वर्षीय कवि मगर रहेका छन् । नगर प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बुलबुले स्कुल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रबिन विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा डेरा गरी बस्ने महोत्तरी घर भएका २६ वर्षीय कुमार लामा समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम र नगद ७ हजार २ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कुमारको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र -०३-००५ प ९२७४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।