प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०६-०९

  • A
  • A-
  • A+
Share

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने ४२ वर्षीय राम कुमार चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राम कुमारले लेनदेनको विषयलाई कुटपिट गर्दा लाले गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राम कुमारको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्य भएको हो । 

नवलपरासी पूर्व, आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०४-०२

कास्की, सार्वजिनक बसमा सवार महिलाको पर्स चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट घर भएका ४२ वर्षीय गुरू प्रसाद बजगाई, पोखरा महानगरपालिका-९ शान्तिवन बस्ने रौतहट घर भएका ३४ वर्षीय रविन खड्का र पोखरा महानगरपालिका-६ खहरे बस्ने झापा घर भएका ४५ वर्षीय सुर्य भन्ने टेक बहादुर भुजेल रहेका छन् ।   रूपा गाउँपालिका-५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १३७२ नम्बरको बसमा सवार महिलाको पर्स सोही बसमा सवार ३ जना अपरिचित व्यक्तिहरूले बिहीबार दिउँसो चोरी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।