अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१०
- A
- A-
- A+
स्याङ्जा, पुतली बजार नगरपालिका-१ शहिदचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नोर्फिन ९० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय अशोक बाचे मगर र कास्की पोखरा महानगरपालिका-२३ बस्ने २७ वर्षीय नविन परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ४६८५ नम्बरको ट्याक्सीमा उक्त लागूऔषध फेला पारी चालक अशोक र ट्याक्सीमा सवार नविनलाई पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका-५ मिर्चैया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम १० मिलिग्राम सहित सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ४० वर्षीय दुर्गेश कुमार झा लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।