प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब २ सय १९ किलो गाँजा सहित दुई जना पक्राउ

२०८२-०६-२६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध गाँजा सहित श्रीलंकन नागरिक पक्राउ
२०८२-०७-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित श्रीलंकन नागरिक ३२ वर्षीया NIROGINI MURUGAN शनिबार दिउँसो पक्राउ परेकी छिन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०७-२३

झापा, दमक नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १५ मिलिग्राम र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २५ वर्षीय निराज सापकोटा र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अरूण रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित  जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-९ पचमोडीयास्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बनबासा बस्ने २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश बुढा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । लमजुङ, बेसीशहर नगरपालिका-८ दुलाल टोलबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १४ एम्पुल सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-७ मरूवाखोला घर भएका २८ वर्षीय विनेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०७-२२

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिशाल माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-१ गुम्बा चोक बस्ने ३२ वर्षीय विज्ञान राईलाई अवैध लागूऔषध गाँजा १ सय ८० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र  डिक्लो स्पास प्लस ४ सय ७० ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-६ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गोठगाउँ बस्ने तिलक भुजेल र मौसम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनुषा, विदेह नगरपालिका-१ रेल्वे पट्रीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कमला नगरपालिका-८ टेर्हा टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ मानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५० ट्याब्लेट, अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम र नगद २० हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगांगा गाउँपालिका-६ फर्पु घर भएका २७ वर्षीय रमेश राई, ललितपुर गोदावरी नगरपालिका-९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सैगात कार्की रहेका छन् । प्रहरी प्रभाग गोदावरी र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ७ सय ६० मिलिग्राम सहित मनहरी गाउँपालिका-९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय अशोक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०८३७ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका कालागाउँ बस्ने ३९ वर्षीय डिल्ली नारायण गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाउँदेखि नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २७ वर्षीय धनि राम रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको संयुक्त टोलीले रानाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-.९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २० वर्षीय समिर राना समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-२१

उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित बहादुर थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८४ एम्पुल, फेनारगन ८५ एम्पुल र आइपिपिएल ८६ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २५ वर्षीय मिन प्रसाद गुरूङ र ३१ वर्षीय सागर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ आउँदै गरेको ग.२० प ७६६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७२६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-२१

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम ९ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बाहुनडाँगी धरधरे बस्ने ३० वर्षीय प्रशान्त सेन्चुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले प्र.१-०१-०१७ प ००६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २८ वर्षीय सुशान्त पोखरेल र सोही महानगरपालिका-९ बस्ने ३८ वर्षीय चेवन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-४ भृकुटी मार्गबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अटल तामाङ, २१ वर्षीय रोहित गुरूङ सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय संगम थुङसिङ र २२ वर्षीय अर्जुन थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अटलको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सर्लाही, धनकौल गाउँपालिका-४ हरकठवा नयाँटोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ४ सय २० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने ३१ वर्षीय आकास प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय हकठवाबाट खटिएको प्रहरीले बिआर ३० आर २९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-२ सिनेमा रोडबाट नियन्त्रित लागूऔषध प्रोमेथिन ८० ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका-८ बस्ने २३ वर्षीया चन्दना परियार र काठमाडौं धापासी बस्ने २३ वर्षीया पवित्रा खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २० वर्षीय सतिश मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १०९४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर घर भएका १९ वर्षीय रोमन राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सुजलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ५४ एम्पुल, डाईजेपाम ५४ एम्पुल र नोर्फिन ५४ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुली घर भएका २१ वर्षीय पेम्बा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरीले पेम्बाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ अत्तरीया डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका-१ घर भएका २४ वर्षीय नन्दराज भट्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा ३३ किलो ६ सय १० ग्राम सहित बिराटनगर महानगरपालिका-५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी एम्बुलेन्स चालक दुर्गालाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ मेवाहाङ चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कबिन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-५ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम १७ मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने १९ वर्षीय बिकाश कुमार यादव र भारत बिहार पूर्णिया भवानीपुर पंचायत घर भएका १९ वर्षीय कृष्ण कुमार मेहता रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ५० एडि नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।    सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले दिपेन्द्र मण्डलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।