प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९२ जना पक्राउ

२०८२-०७-०२

  • A
  • A-
  • A+
Share

संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो ।

काभ्रे, बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सिन्धुली, गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  

जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
डाँका कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०२-२७

झापा, डाँका कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-६ भानुटोल बस्ने ३३ वर्षीय प्रलाद कार्की र सोही नगरपालिका-७ कंचनजंघा टोल बस्ने २२ वर्षीय बिशाल बास्कोटा रहेका छन् । मेचीनगर नगरपालिका-६ स्थित २ जना अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौं भन्दै पीडितको सुनको फुली १ थान, मोबाइल १ थान, नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले प्रलादको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम र सुनको फुली १ थान फेला पारी बरामद गरेको छ । उनीहरू उपर डाँका सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसुरमा जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२७

काठमाडौं, अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुन: प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न १६ जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न काठमाडौं बस्ने मकवानपुर मनहरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय विकास भुलन लगायत १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशाला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ ।उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् । पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।