चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२७
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने बुढानिलकण्ठ नगरपालिका-१० घर भएका ६७ वर्षीय फणिन्द्र नेपाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० कटारीबस्तीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।