प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०८२-०७-०३

  • A
  • A-
  • A+
Share

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा सहित सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

अर्घाखाँची, शितगंगा नगरपालिका-१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करिब १५ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले हेम बहादुरको घर तलासी गर्ने क्रममा उक्त भरूवा बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त भरूवा बन्दुक सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आए पश्‍चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-१८

काठमाडौं, डाँका चोरी मुद्दाका फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ घर भएका ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ बस्ने महोत्तरी बलवा नगरपालिका-९ घर भएका ४० वर्षीय अंसगर नदाफलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ओखल मोलुङ नगरपालिका-१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने बागलुङ बडिगाड गाउँपालिका-३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् । पक्राउ मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।