प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

२०८२-०७-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

झापा, गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिल बहादुर मगरले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
२०८३-०४-१२

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर बस्ने ५३ वर्षीय बिष्णु राईले आफ्नै घरमा संचालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८ सय २० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले नगद २७ हजार ५ सय भारतीय रूपैयाँ र ३२ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१० स्याउली बजार बस्ने ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडी जुवातास खेलिरहेको अवस्थामा राकेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८३-०४-०३

म्याग्दी, बेनी नगरपालिका-८ गणेश टोल बस्ने ५२ वर्षीय हिरा बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा बहादुर समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९१ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।   धादिङ, निलकण्ठ नगरपालिका-३ पहरे चौतारा बस्ने ६१ वर्षीय डिल बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा डिल बहादुर समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ३ सय ५० रूपैयाँ र १ सय ६२ पत्ती तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३-०४-०२

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  म्याग्दी, बेनी नगरपालिका-१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८ सय १० रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोटस्थित H.O.P.E. (hospitality leisure resort) मा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।