जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
नुवाकोट, सूर्यगढी गाउँपालिका-५ फेदबेशी बस्ने ५५ वर्षीय हिरा बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा बहादुर समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ६५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।