प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ

२०८२-०७-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । 

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।