प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८२-०८-०२

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २६ वर्षीय रामजनम चौधरी र २८ वर्षीय उमेश चौधरी रहेका छन् ।  प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-९ लालपुर बस्ने २१ वर्षीय अरबिन्द रोकाया, सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुमित साउँद र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय साजन कठायत रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया सावित्री चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

कैलाली, घोडाघोडी नगरपालिका-६ झलझलिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम र नगद ६ हजार ८ सय ८० रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बछुरिया बस्ने ३० वर्षीय भिम बहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भिम बहादुरको घर तलासी गर्दा थप ५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम र नगद १४ हजार ७ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५२ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फाबिसगंज कोहलिया बस्ने २८ वर्षीय मो.मोजाहित र २० वर्षीय राज कुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय बिराटनगर र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१३ पथलैया मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० ग्राम १ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-८ बस्ने २८ वर्षीय अजय कुमार मुखिया समेत २ जनालाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले को.१४ प ४५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकचोकबाट नियन्त्रित लागूऔषध नोर्फिन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुल सहित सूर्यविनायक बस्ने दोलखा गौरीशंकर नगरपालिका-२ घर भएका ३० वर्षीय दिनेश कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २३ वर्षीय इन्सेक थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-२ बस्ने राम मर्डी र सोही नगरपालिका-३ बस्ने धन बहादुर बन रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-१५ प ५३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८०  मिलिग्राम र नगद १४ हजार १ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय आदेश दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ ठुलोदमार स्याउली बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित बकैया गाउँपालिका-४ छतिवन बस्ने ३९ वर्षीय सोम बहादुर थोकरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ३१०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-१२

कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४३ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित शुक्लाफाँटा नगरपालिका-६ कसरौल बस्ने २५ वर्षीय अनिस रानालाई मंगलाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित सिराहा बिष्णुपुर गाउँपालिका-४ थलाहा बस्ने २० वर्षीय विशाल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कबाड पसल सञ्चालन गरी बस्ने भारत बिहार पश्चिम चम्पारण बेतिया लाल सरैया ग्राम पञ्चायत-३ घर भएका २२ वर्षीय बिशाल कुमारलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय प्रेम विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०४-१२

काठमाडौं, तारकेश्वर नगरपालिका-११ हिलेटोल हाईट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी २५ वर्षीया कविता विक समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २३ ट्याब्लेट र नगद १८ हजार ५ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले कविताको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प १६६० नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित काठमाडौं सामाखुसी बस्ने भारत बिहार समस्तिपुर घर भएका २९ वर्षीय अजय कुमार रामलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७३८१ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-६ नवलपुर भन्ने स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-५ बस्ने २० वर्षीय अमर डगौरा थारू र २० वर्षीय रोहित कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ७२ मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २६ वर्षीय कृष्ण रावललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ ह ४८५४ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय कालु राम चौधरी समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ बस्ने २८ वर्षीय नरेश मल्ल समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले डिएल ८ सिबिएल ०९२३ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ‍।  झापा, भद्रपुर नगरपालिका-२ सागरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २२ वर्षीय डेविड लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-१ सरस्वती टोल डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय अनिल ओलीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम र डिजिटल तराजु १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जीतपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ नौडिहवा बस्ने २६ वर्षीय अमरजित ठाकुर र सोही नगरपालिका-४ बैरिहवा बस्ने २८ वर्षीय अजय कुमार सहानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ बिएफ ९५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-३ घुम्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१३ बाजापाटन बस्ने २४ वर्षीय साइमन गुरूङ समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२३ प ९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ पाउदीबजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ तल्लोबजार बस्ने २८ वर्षीय दिपक गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले चितवनबाट भोटेओडारतर्फ आउँदै गरेको ग.१ ज ८४३५ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-११

झापा, भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद ५ हजार ६ सय रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय  अमन राई र २६ वर्षीय निकेश राई रहेका  छन् । इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९ प १६०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय बिकास राजवंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद १९ हजार ४ सय ८५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-७ पानमारा बसपार्क डेरा गरी बस्ने हरिनगर गाउँपालिका-२ घर भएका १९ वर्षीय सोएल अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुवेर पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको दुई सिङ्गे १ थान र नगद ३५ हजार ८ सय ६० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ सण्डा बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९६ एम्पुल, फेनारगन ४ सय ४६ एम्पुल र बुप्रेनोर्फिन ४ सय ४६ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागूऔषध पोलेन करिब ५ ग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट  सहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आर एन गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०४-११

दाङ, घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १ सय ७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय २० किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०४-१०

सर्लाही, बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २० किलोग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले कुखुरा फर्म तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु. ४७ प २५२८ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-१०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय औतार सिह तामाङ र काठमाडौं सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बर तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८३ प ४३७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ शिवालय बस्ने २१ वर्षीय बिबेक जबेगुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ बस्ने २२ वर्षीय अरमान खानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय १० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित गुल्मी मुसिकोट नगरपालिका-४ बस्ने २३ वर्षीय विपीन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-५ बस्ने २३ वर्षीय पर्वत तोलाङी र मोरङ विराटनगर महानगरपालिका-१ बस्ने २२ वर्षीय शुयस ढुङेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०२-०१० प ३८४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय रणध्वज राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मोहन बास्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७ मिलिग्राम सहित सुखीपुर नगरपालिका-८ आमचोक बस्ने २५ वर्षीय सरोज मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सुखीपुरदेखि काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२५ प ५९४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २० वर्षीय मनोज चौधरी र बारबर्दिया नगरपालिका-८ औरी गाउँ बस्ने २० वर्षीय प्रकाश खड्का रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ शक्तिनगर बस्ने २६ वर्षीय निर्मल कुमार थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ४० मिलिग्राम सहित भीमदत्त नगरपलिका-१८ जनज्योती चोक बस्ने २२ वर्षीय यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले म.१ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७१ मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका-१ घर भएका २५ वर्षीय मायाराम चौधरी समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २९ वर्षीय सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९८ मिलिग्राम सहित कैलारी गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय हरि प्रसाद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, फेनारगन १ सय ९७ एम्पुल र बुप्रेनोर्फिन १ सय ९९ एम्पुल सहित भारत उत्तर प्रदेश महाराजगंज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलम समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, बुप्रेनोर्फिन ३ सय ९९ एम्पुल र डाइजेपाम ३ सय ९४ एम्पुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ लोदपुर बस्ने ४१ वर्षीय हरि हर लोध र ५५ वर्षीया रेश्मी लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २०११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय साहिल अलि हलुवाइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ राजीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम परियार समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले प्रेमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।