प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

२०८२-०८-०८

  • A
  • A-
  • A+
Share

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३९ लाख ५८ हजार रूपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, लोक बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कृष्ण प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-८ बाट सोमबार, आशिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोक बहादुरलाई काठमाडौं टोखा नगरपालिका-४ बाट, तुलसालाई टोखा नगरपालिका-३ बाट तथा कृष्ण प्रसादलाई काठमाडौं महानगरपालिका-१० बाट मंगलबार र प्रबिनलाई चन्द्रागिरी नगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये राम बहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नविन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।नविनले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा Smile your choice र Vapemandu Traders Pvt. Ltd. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८३-०२-१३

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित श्री सन्त तुलसी दास (फ्रुट सेन्टर) बाट स्रोत नखुलेको नगद १२ लाख १५ हजार १५ रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्रुट सेन्टरका संचालक काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५० वर्षीय शंकर साह, ललितपुर ईमाडोल बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३३ वर्षीय भिमसेन तिमल्सिना र सप्तरी घर भएका ४० वर्षीय प्रमोद कुमार यादव रहेका छन् ।  प्रहरी वृत्त कालिमाटी समेतबाट खटिको प्रहरीले फ्रुट सेन्टर तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दैलेख गुराँस गाउँपालिका-३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका-११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।