प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डा पुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र आईपिपिएल ५० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले प्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगंज नौतनवा बस्ने २५ वर्षीय विशाल कुमार यादव र २५ वर्षीय प्रदिप कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यलाय बेलहिया समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-८ भडसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित ३० वर्षीय सुरेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, जानकी गाउँपालिका-६ भाटनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम र नगद १३ हजार ७५ रूपैयाँ सहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहम्दलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ कौशीलानगर बस्ने २८ वर्षीय सागर जिसिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

चितवन, माडी नगरपालिका-६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेट सहित सोही नगरपालिका-७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना.४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको       हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ । 

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने २३ वर्षीया आन्सी परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, फेनारगन ३३ एम्पुल र न्युफिनोडिन लेखेको ३४ एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित  बैजनाथ गाउँपालिका-३ उत्तर लधौरा बस्ने २० वर्षीय रबिन्द्र कुमार थारू समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका-१० बस्ने २२ वर्षीय विशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, विश्रामपुर गाउँपालिका-१ खेखरीयाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ६ सय ५० मिलिग्राम सहित भारत पूर्वी चम्पारण बिहार नायकटोल बस्ने ३५ वर्षीय लाल बाबु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन ३५३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपलिका-७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रविन परियार र सोही नगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय शिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

इलाम, इलाम नगरपालिका-७ बस्ने छिरिङ दोर्जे लामा समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले छिरिङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-१०-०४

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने २० वर्षीय शिव कुमार रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ फुस्रे डेरा गरी बस्ने २८ वर्षीय रोमन भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचालाइन बस्ने २८ वर्षीय राज कुमार राई समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन २ सय ६० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोक धरानबाट खटिएको प्रहरीले राज कुमारको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नरेश परियार र ३० वर्षीय गिर्जा बजगाई रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० बनकट्टीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय मुनिस राना र २० वर्षीय अविसेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१०-०३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ हिलेखालि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सलिम भारतीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ९ एम्पुल, प्रोमेथाजाइन ३ सय ९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ९ एम्पुल सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१६ बगर बस्ने २७ वर्षीय रितिक परियार, २३ वर्षीय रोहित घर्ती र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीया श्रृजना बल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ४७ एम्पुल, फेनारगन २ सय ४९ एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ हाटबजार बस्ने २६ वर्षीय बिशाल हरिजन र २७ वर्षीय मोहोमद सरिफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले भैरहवाबाट परासीतर्फ आउँदै गरेको यूपि ४२ एएस ६८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र स्पास्मो १ सय २ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय किरण भुजेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८ कोलनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने पनौती नगरपालिका-२ घर भएका २४ वर्षीय सुबास तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १२ हजार ३ सय ६० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ करातिपुर बस्ने ३५ वर्षीय संजय कुमार साहु र सोही नगरपालिका-५ बस्ने २० वर्षीय साहिद अली साई रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ सिराहस्थित जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रेशम राना र चितवन भरतपुर महानगरपालिका-८ बस्ने २२ वर्षीय धिरन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रेशमले प्रयोग गरेको भे.७ प ६४८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ३६ वर्षीय दिनेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका-३ बस्ने २७ वर्षीय विजय विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २८९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-१०-०२

काठमाडौं, टोखा नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-२ पञ्चेटार बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुबास चौलागाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २८ वर्षीय ओम प्रकाश थारू र २० वर्षीय श्रवण कुमार थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ५७१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ प्रतिक्षा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ घर भएका २२ वर्षीय कुमार मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१२ कोल्टे घोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट र भोमिन २ सय ८ ट्याब्लेट सहित कालिका नगरपालिका-३ बस्ने २० वर्षीय सरोज खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, लेटाङ नगरपालिका-३ क्याम्पस मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९० ट्याब्लेट र डाईक्लोमाइन ४ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ दार्जिलिङ लाइन बस्ने २१ वर्षीय सुमन बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-१०-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २५ वर्षीय कृष्ण बहादुर कुवँरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-०१

सप्तरी, राजगढ गाउँपालिका-५ धनकी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २५ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका-४ बस्ने ४० वर्षीय देबेन्द्र मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.९ प ७७९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही महानगरपालिका-१ भट्टा चोक बस्ने २३ वर्षीय रिहान अन्सारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ बुढिया घाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-१ विजयानगर बस्ने २२ वर्षीय पारस पार्की, २८ वर्षीय केशव कुञ्जेडा र २५ वर्षीय रोहित कामी रहेका छन् । प्रहरी चौकी पचुएइबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-२ बनदेवीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २७ वर्षीय बिशाल मल्ल ठकुरी, २३ वर्षीय मन्जिल बराल मगर र २० वर्षीय अस्मिन राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भोजपुर, आमचोक गाउँपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ८७ किलो ५ सय ग्राम सहित भोजपुर नगरपालिका-५ बोखिम बस्ने ४६ वर्षीय मनिचन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल अमन टोल डेरा गरी बस्ने भारत सितामाडी घर भएका २३ वर्षीय मनोज कुमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०९-३०

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरापुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८५ ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-२ बस्ने २१ वर्षीय समिर राई र उदयपुर वेलका नगरपालिका-७ बस्ने २१ वर्षीय रमेश राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प ९९०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ सप्तरङ्गी पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय अमित थापा मगरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्बे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो १ सय ग्राम सहित महोत्तरी रामगोपालपुर नगरपालिका-२ ट्याङ्ग्राहा बस्ने २७ वर्षीय अजय कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ निमुवाबोझि बस्ने २८ वर्षीय मिन बहादुर बोहरा र २४ वर्षीय तेज बहादुर बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुली दुधौली नगरपालिका-९ टारी बस्ने ३२ वर्षीय एलेक्स आले रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरीले बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १-०२-०४ प ३५३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।