प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२०८२-०८-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

झापा, झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजबंशी र २९ वर्षीय मनोज राजबंशी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-७ नन्कौपुर बस्ने २३ वर्षीय कमलेश कुमार गद्दीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१३ डुडुवा पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २२ वर्षीय सोम सागर परियार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२४

मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन राना समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ६ सय ७० ग्राम सहित श्रीलंकन नागरिक २२ वर्षीय DILAN ANANDARAJAN लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा काठमाडौंबाट शारजाहा दुबई प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   बर्दिया, बारबर्दिया नगरपालिका-३ पदनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-३ झुन्डिपुर बस्ने ३४ वर्षीय प्रदिप कुमार थारू र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय निशान्त थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय राम मिलन चौधरी, गेरूवा गाउँपालिका-६ बस्ने २३ वर्षीय असोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँ कार्गिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मिश्रा र २३ वर्षीय सिमान्त गैरे रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ५८९० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।