प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् ।

पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सम्बन्धित समाचार
कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर भएका २५ वर्षीय महेन्द्र शाह, काठमाडौं कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-४ घर भएका २३ वर्षीय रबिन्द्र धामी र काठमाडौं कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २२ वर्षीय रोशन बिष्ट रहेका छन् । कीर्तिपुर नगरपालिका-१० पोडेटोलस्थित चिया सागर नजिक सोही नगरपालिका-३ ढाल्पा बस्ने जिल्ला गुल्मी धुर्कोट गाउँपालिका-७ घर भएका २२ वर्षीय विपिन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-२५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका-१३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी /ओमकार ब्राण्डको Sun flower तेल तोकिएको मापदण्ड भन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिजयले भण्डारण गरेको विभिन्न ठाउँहरूबाट तेलका ९ सय ५ कार्टुनहरू बरामद गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ  । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् । पक्राउ मध्ये संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।पक्राउ मध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका-२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका-१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका-४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।