प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८२-०८-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय ईमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-१५

  कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले संचालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ८ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ओखलढुङ्गा घर भएका ४२ वर्षीय तिलक बहादुर तामाङ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ८ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।