प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारस्थित खाजाघर संचालन गरी बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएकी ५० वर्षीया टिका देवी पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको खाजाघर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ पचगावाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र बुप्रेनोर्फिन १ सय ५० एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  पाल्हीनन्दन गाउँपालिका-६ पडरी बस्ने ३० वर्षीय शहरेदिन अन्सारी जोलाहा र १९ वर्षीय कृष्ण कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रूपन्देही भैरहवाबाट खटिएको प्रहरीले लु. ७२ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले शहरेदिन अन्सारीको घर तलासी गर्दा थप डाईजेपाम ४ सय ४३ एम्पुल, फेनारगन ४ सय ४३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ५३ एम्पुल बरामद गरेको छ । यसैगरी थप अनुसन्धानको क्रममा पाल्हीनन्दन गाउँपालिका-४ लोकपुरवाबाट युपि ५६ बिई ५५३७ नम्बरको मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश जिल्ला महाराजगंज थाना ठुटीवारी बस्ने २७ वर्षीय ईरसाद अली र २४ वर्षीय नवि रसुललाई नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार ४ सय ९४ एम्पुल, फेनारगन १ हजार ४ सय ९८ एम्पुल, बुप्रेनोर्फिन १ हजार ४ सय ९१ एम्पुल र नगद ४०  हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ त्रिविणी चोक बस्ने ३५ वर्षीया लक्ष्मी देवी दौल्याललाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २ किलो ३ सय ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनले घरमा संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-१० नन्दुचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-२ मिलन चोक बस्ने ३३ वर्षीय जय बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर र चालकको खोजी गरिरहेको छ । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सदाबहार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अभिशेक अवस्थी र २१ वर्षीय मोहित भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मोहितको कोठा तलासी गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने रामेछाप घर भएकी २४ वर्षीया सुनिता तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ सतपतिया बस्ने २४ वर्षीय आदेश थारूलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धादिङ, गजुरी गाउँपालिका-६ आदमघाट बजारबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने ३५ वर्षीय चन्द बहादुर तामाङ, सोही गाउँपालिका-८ बस्ने १९ वर्षीय युके लामा र सोही गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी बैरेनी र अस्थायी प्रहरी प्रोष्ट आदमघाटबाट खटिएको प्रहरीले काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६२३१ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-११ बुधबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र स्पास्पेन २ सय ५० ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । 

कास्की, पोखरा महानगरपालिका-२ सराङकोट चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय ८२ ट्याब्लेट सहित सोही महानगरपालिका-१८ लामागाउँ बस्ने ३२ वर्षीय भीम बहादुर मगर समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित गोरखा शहिद लखन गाउँपालिका-३ बस्ने २९ वर्षीय रोल बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९२० नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-२ पिपराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित अर्घाखाँची भुमिकास्थान नगरपालिका-१ बस्ने ४२ वर्षीय कमल बहादुर खत्री समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपरासमेतबाट खटिएको प्रहरीले एचआर ५५ एटी २३६४ नम्बरको  कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-०२

मोरङ, विराटनगर महानगरपालिका-१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ८ सय १० मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय सुर्य बहादुर विक समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. १० प ८४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ कछुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ४० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने ४२ वर्षीय तिलक बुढाथोकी, सोही नगरपालिका-२ कछुबारी बस्ने ४२ वर्षीय गोबिन्द बस्नेत, सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय टंक गिरी र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय उदय साह रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम र चरेस जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित सोही नगरपालिका-१२ आवारोड डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-८ कान्छिबजार घर भएका ४० वर्षीय बिशाल प्रताप राणा समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बिशालको डेरा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उदयपुरबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ७ सय  मिलिग्राम, १ थान एयरगन र नगद ६५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार  साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडी सिंगास गाउँपालिका-१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-११-०१

सुनसरी, इनरूवा नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय प्रमेश्वर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २६ ट्याब्लेट र स्पास्पेन २६ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय फुर्वा तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३१ प ३०३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम ५ सय ८० मिलिग्राम सहित भारत बिहार राज्य सिपवल समनपुर ग्राम बिरपुर थाना बस्ने २१ वर्षीय मोहमद नजरूल मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमेश रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ चोप्राहा बस्ने २६ वर्षीय विपिन कुमार मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०४-००१ प ५२७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय इस्राईल साई लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत मोतिहारी पुर्वी चम्पारन थाना रक्सौल बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-०१

सुनसरी, धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२९

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बंक बस्ने २७ वर्षीय धनी बादीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ हिलेखाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३० वर्षीय बलभद्र भारती र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ बस्ने २९ वर्षीय गोबिन्द शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-५ कालाबन्जार चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन ४४ ट्याब्लेट र नाईट्राजेपाम ५१ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने भारत घर भएका २७ वर्षीय सुमित संजय गुप्तालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिजय लामा र उनकै श्रीमती २१ वर्षीया बन्दना थिङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बिजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय दिल कुमार विश्वकर्मा, सोही नगरपालिका-८ पशुहाट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१६ जोरसखुवा घर भएकी १९ वर्षीया दिपा परियार, गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय अमन ताजपुरिया र दमक नगरपालिका-८ पशुहाट बस्ने मोरङ वेलबारी नगरपालिका-९ बेलचौरी घर भएकी १९ वर्षीया पार्वती चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले मे.१ ह ५६६७ नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक दिल कुमार समेत उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ बलचौर बस्ने २० वर्षीय राहुल बादी र २१ वर्षीय नृप बादी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-१०-२८

काठमाडौं महानगरपालिका-३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित होस्टल संचालिका सप्तरी छिन्नमस्ता गाउँपालिका-१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उक्त होस्टल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ३० मिलिग्राम सहित रौतहट बृन्दावन नगरपालिका-३ बिश्रामपुर घर भएका २४ वर्षीय अवदेश पटेल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र ०३-००२ ख १४२८ नम्बरको ईभी गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ हजार ३ सय ९० ट्याब्लेट सहित सर्लाही नवलपुर गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्ण चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-०१० प ८७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय डिल्ली बहादुर कटवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सुन्दरीजल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-१ महिनाथपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित भारत बिहार मधुवनी महिनाथपुर बस्ने २४ वर्षीय धर्मेन्द्र कामतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ बि ९८५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१२ हस्पिटलचोकबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल र  डाईजेपाम १५ एम्पुल सहित सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका ३० वर्षीय आसकिन विक्रम महतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित इलाम माई नगरपालिका-१ दानाबारी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियास्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित दार्चुला लेकम गाउँपालिका-४ बस्ने २८ वर्षीय राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित भारत उत्तराखण्ड प्रदेश चम्पावत पुर्णागिरी नगरपालिका बनबासा बस्ने ३० वर्षीय हर्दिप चन्दलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले डिएल ६ एसबिसि ५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-२७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४५ ट्याब्लेट र नाईट्राभेट २३ ट्याब्लेट सहित कपिलवस्तु मायादेवी गाउँपालिका-६ बस्ने २९ वर्षीय अब्दुल वफा मुसलमानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ७०१७ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ५३ ट्याब्लेट, नाईट्राभेट १ सय २१ ट्याब्लेट र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-६ घर भएका २५ वर्षीय घनश्याम विक र काठमाडौं चन्द्रागिरी नगरपालिका-९ बस्ने रौतहट राजदेवी नगरपालिका-६ घर भएका ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३१ मोहोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय गंगा पुर्जालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-११ काँहुडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ र ४४ वर्षीय विश्वास गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले रोशनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपक खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२६ दिब्यनगर बस्ने २८ वर्षीय सुबास मगर समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम र नगद ४५ हजार रूपैयाँ सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सुबासको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२७ पर्साढाप बस्ने ३८ वर्षीय बिनोद महतो समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बिनोदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।