प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

सर्लाही, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कबिलासी नगरपालिका-८ बस्ने २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

बैठाले ती किशोरीलाई हरिवन नगरपालिका-३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार