जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२७
- A
- A-
- A+
कैलाली, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सनिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।