जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-०१
- A
- A-
- A+
मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लाबारी नगरपालिका-१ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।