ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने पाँचथर घर भएका ४२ वर्षीय राम प्रसाद योङहाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी सम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-८ टिकाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।