प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

२०८३-०१-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने काभ्रे घर भएका २५ वर्षीय मिलन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ सैनिक मोड बस्ने २३ वर्षीय हरि प्रसाद राजबंशीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-५ पैसठ्ठी बिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ च गाउँ बस्ने २० वर्षीय रोहन तामाङ र सोही नगरपालिका-८ खड्डा बस्ने २२ वर्षीय बिरेन्द्र राना रहेका छन् । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-३ बस्ने २४ वर्षीय बिजय गिरी, सोही नगरपालिका-७ च गाउँ बस्ने २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका-१४ शिवनगर बस्ने २४ वर्षीय रोहन विक रहेका छन् । प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बैवाह बस्ने २२ वर्षीय सुनिल चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-१२ दुरीखेल ठेचोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर घर भएका २८ वर्षीय विवक तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र ३० वर्षीय प्रविन कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

जाजरकोट, छेडागाड नगरपालिका-५ थलबजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो २ सय २५ ग्राम सहित बाँके राप्ती सोनारी गाउँपालिका-१ कुसुम बस्ने ३७ वर्षीय दिपक कुमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बडावन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, रतुवामाई नगरपालिका-७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सिराहा, कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्राम र नगद १७ हजार ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-४ बैरिया डरौल टोल बस्ने २५ वर्षीय अन्जय रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

नुवाकोट, लिखु गाउँपालिका-६ छहरेबजारस्थित यस्मोर फेमली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ८० मिलिग्राम सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदुर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुमन तामाङ, किस्पाङ गाउँपालिका-१ बस्ने २८ वर्षीय तुलसिङ तामाङ, रसुवा उत्तरगया गाउँपालिका-१ बस्ने २२ वर्षीय चित्र बहादुर तामाङ, सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सुवास तामाङ र रसुवा धारापानी बस्ने २४ वर्षीय सुमन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङ समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम ३ सय ८० मिलिग्राम सहित भारत बिहार राधोपुरग्राम पञ्चायत बस्ने ४५ वर्षीय शंकर जैसवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६३५६ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-०५

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ ओमशान्तिटोल बस्ने ३५ वर्षीय ओमकार चालिसेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारबाट अवैध लागूऔषध गाँजा १ सय २० ग्राम सहित सल्यान बनगाड कुपिण्डे नगरपालिका-७ मैदुपोखरा बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०२-००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-०५

भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित काठमाडौं कोटेश्वर बस्ने बर्दिया राजापुर नगरपालिका-८ घर भएका २९ वर्षीय राजु थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ तुलसाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने ३४ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको    छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-८ भोक्सीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ महेन्द्र राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-२ बस्ने ३८ वर्षीय नवराज परियार र कास्की पोखरा महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सन्तोष गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५ सय १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका- १० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदिप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले बरथहवाबाट नयाँ रोडतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ मलाही टोलबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय नन्दलाल सहनी र ५० वर्षीय महेश सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा ओसार पसारमा सोही ठाउँ बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-०४

सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०६-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयोगमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोद कुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.६० प २५६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १० ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाही मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १५९० नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    कञ्चनपुर, पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४ सय ८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजादनगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामनरेसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय चन्द्र बहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र सोही नगरपालिका-२ बस्ने ५२ वर्षीय वीर बहादुर ब्लोन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम र गाँजा ६ किलोग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने सिद्धार्थ नगरपालिका-४ घर २२ वर्षीय बिसु गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय बिपिन कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बिआर ३८ एपी ०२७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-५ ओम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ भाग्रा बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६५ मिलिग्राम सहित सोही नगरपालिका-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय राहुल थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   मोरङ, सुनवर्षी नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरूङ र २१ वर्षीया केविना गुरूङ रहेका छन् । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले को.२५ प ८८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ श्री जंगाटोल बस्ने २३ वर्षीय करण राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले किरणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात प्रहरीले रोशनलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ सय मिलिग्राम, नगद ७३ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बु समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले मौसमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत मोतिहारी नकरदेही पंचायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय प्रसौनी समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
२०८३-०६-०३

कैलाली, जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका-८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४ ट्याब्लेट र स्पास्पेन २ सय ४ ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बझाङ, बित्थडचिर गाउँपालिका-८ रूपैलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९९ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका-१ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका-११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको गरेको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक नरेन्द्र र जीपमा सवार सिंगलाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, मेचीनगर नगरपालिका-७ ग्रामथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४४ वर्षीय नारायण किसानको घरबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात नारायणको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ३० मिलिग्राम फेला पारी नारायणलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  धनुषा, धनुषाधाम नगरपालिका-८ धारापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय १० मिलिग्राम सहित सिराहा बरियारपट्टी गाउँपालिका-२ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६० ट्याब्लेट र नाइट्राजेपाम १ सय ४५ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका-४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका-१७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका-२ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ८० ग्राम सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो । यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ डुमरवाना बस्ने ३७ वर्षीय नितेश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले प्र.२-०३-०१९ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम ९७ ट्याब्लेट र टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय एम्पुल, बुप्रेनोर्फिन ६ सय एम्पुल, फेनारगन ६ सय १३ एम्पुल र टापेन्टाडोल ९ सय ९८ ट्याब्लेट सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका-१ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका-३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा.प्र.०१-०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९६ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-२ खरी ढुङ्गा बस्ने २६ वर्षीय रोशन भुजेल र मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिरेन्द्र स्याङ्बो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.५ च ८००१ नम्बरको पिकअप गाडी जाँच गर्दा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र उक्त गाँजा ओसारपसारमा संलग्न रहेका प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाइकलमा सवार बिरेन्द्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।