प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक काठमाडौं पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका-१२ तीनघरे घर भएका २३ वर्षीय निर्दोष सापकोटालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्ट्राग्राममा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनि विज्ञापन राखि थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुबिधा छ, सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनि जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा रकम पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको छ ।  साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको छ । 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
डाँका चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-२८

धनकुटा, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन् ।  धनकुटा नगरपालिका-७ मदन चोकस्थित एकान्त बाटोमा २ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गत शुक्रबार पीडित महिलालाई धाक धम्की दिई १ तोला २ आना बराबरको सुनको सिक्री डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सुनसरी धरान उपमहानगरपालिका-८ वरगाछीस्थित एक होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान, प्र.३-०२-०१३ प ८००१ नम्बर र बा.८२ प ९५६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् । पक्राउ मध्ये संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-२५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका-१३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी /ओमकार ब्राण्डको Sun flower तेल तोकिएको मापदण्ड भन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिजयले भण्डारण गरेको विभिन्न ठाउँहरूबाट तेलका ९ सय ५ कार्टुनहरू बरामद गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ  । 

कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर भएका २५ वर्षीय महेन्द्र शाह, काठमाडौं कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-४ घर भएका २३ वर्षीय रबिन्द्र धामी र काठमाडौं कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २२ वर्षीय रोशन बिष्ट रहेका छन् । कीर्तिपुर नगरपालिका-१० पोडेटोलस्थित चिया सागर नजिक सोही नगरपालिका-३ ढाल्पा बस्ने जिल्ला गुल्मी धुर्कोट गाउँपालिका-७ घर भएका २२ वर्षीय विपिन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।