जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०१-१०
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-९ सोमबारेस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बस्ने ५७ वर्षीय खगेन्द्र गिरी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार १ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।