प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ

२०८३-०१-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मकवानपुर थाहा नगरपालिका-८ घर भएका २७ वर्षीय किरण थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं महानगरपालिका-३१ संगम चोकस्थित शाहा बोईज होस्टेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३४ ग्राम ८ सय ६० मिलिग्राम, नगद १ लाख ५ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित सोही होस्टेलमा बस्ने सिराहा घर भएका २२ वर्षीय आषिश राय अमादलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय २० ग्राम सहित भारतीय नागरिक २६ वर्षीय FAEEM ALI लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा बैङककबाट काठमाडौं आगमन भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो । 

बारा, प्रसौनी गाउँपालिका-१ प्रसौनी टोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ७ सय ७० ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-२२ अम्लेखगंज बस्ने २५ वर्षीय सुकमान गोले र २८ वर्षीय कुमार गोले रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले प्र.२-०३-००७ प ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नाइट्राजेपाम ७ ट्याब्लेट सहित लम्कीचुहा नगरपालिका-२ बस्ने २९ वर्षीय दमन बडुवाल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित डोटी बोगटान फुड्सिल गाउँपालिका-४ बस्ने २४ वर्षीय पृथ्वी बम समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

ललितपुर, गोदावरी नगरपालिका-२ पात्लेछापबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सरोज सिलवाललाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम र नगद ३ हजार २ सय रूपैयाँ सोही ठाउँ बस्ने मकवानपुर घर भएका ३२ वर्षीय बिरेन्द्र गोलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५४ प ५०४० नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७ सय ५० ट्याब्लेट सहित महालक्ष्मी ननगरपालिका-९ लामाटार बस्ने २४ वर्षीय पुरूषोत्तम चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम सहित इनरूवा नगरपालिका-२ बस्ने २२ वर्षीय सैफ अली सिदिकीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगु छाँयानाथ नगरपालिका-१ छत्यालबारा  घर भएका २८ वर्षीय सुजल मल्ल र २६ वर्षीय अर्जुन कुमार मल्ल रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५७  मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ सिमलघारी बस्ने २४ वर्षीय गौरब खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

दाङ, तुलसीपुर उपमहानगरपालिका-४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बनकट्टी बस्ने २० वर्षीय बिकाश बुढा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले तुलसीपुरबाट गोठीखोलातर्फ जाँदै गरेको रा.४ प ६६९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ४० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । 

मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३२ वर्षीय समिर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५५ मिलिग्राम सहित चौदण्डीगढी नगरपालिका-७ बस्ने ३३ वर्षीय आर्जु राई समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको स.१० प ७८०१ नम्बरको मोटरसाइकलमा सवारी उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । 

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय १० मिलिग्राम र नगद ५१ हजार ६ सय रूपैयाँ सहित भारत सिद्धार्थनगर उत्तर प्रदेश डेबरुवा थाना बस्ने २२ वर्षीय मनिशा खनाल (गुप्ता) समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको यूपी ५५ एम ७३१५ नम्बरको कार समेत प्रहरीले बरामद गरेको छ । 

सुर्खेत, गुर्भाकोट नगरपालिका-१२ काठनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नगद ४ हजार रूपैयाँ सहित सोही नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष थापा समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गुमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको  क.प्र.०२ ००१ प ९११५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

बाँके, खजुरा गाउँपालिका-७ घर भई सोही गाउँपालिका-५ उडारापुर बस्ने २६ वर्षीय अजिजुल रहमान खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७५ ग्राम, डिजिटल तराजु १ थान, नगद ७९ हजार रूपैयाँ लगायतका विभिन्न सरसामान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट नक्कली पेस्तोल जस्तो देखिने बस्तु १ थान, नक ४ थान, छाप ४ थान, सुनको जस्तो देखिने तिलहरी १ थान, मुन्द्रा ४ थान, सिक्री १ थान विभिन्न बैंकका चेकहरू १३ थान, डिजिटल तराजु १ थान, पेस्तोलको जस्तो देखिने गोली २ थान, भे.८ प २१४५ नम्बरको मोटरसाइकल, प्र.३-०२००० प ८१९४ नम्बर मोटरसाइकल, यूपी ६० एडब्लु २७२७ नम्बरको गाडी समेत बरामद गरेको छ । 

चितवन, भरतपुर महानगरपालिका-२९ चौकी डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९५ किलो ९ सय ६५ ग्राम सहित कालिका नगरपालिका-३ पदमपुर बस्ने २७ वर्षीय देब चन्द्र स्याङ्तानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले बिआर ०१ पिई ६९४३ नम्बरको पिकअपमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार पिकअप चालकको खोजी गरिरहेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०५-०९

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा मिर्चैया नगरपालिका-३ ठेगाना भएका २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम सहित बिहीबार, मोरङ बेलवारी नगरपालिका-१० ठेगाना भएका २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९ सय ५० मिलिग्राम सहित शुक्रबार र १७ वर्षीया किशोरीलाई ९८ ग्राम सहित शनिबार पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-७ कुमारी गालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय विकाश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेष्ट हाउसको १२३ नम्बरको कोठाबाट सिराहा अर्नामा गाउँपालिका-२ घर भएका ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय ४० मिलिग्राम र डिजिटल तराजु सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ६ सय मिलिग्राम र नगद २१ हजार रूपैयाँ सहित काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-१ घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नाईट्रोसन ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ हात्तीसार बस्ने ३० वर्षीय मनिराज राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । महोत्तरी, सोनमा गाउँपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ इनर्वा टोल बस्ने ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने ३६ वर्षीया उषा कुमारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प ३२९४ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उषाको गौशाला नगरपालिका-४ पानी ट्याङ्की नजिक डेरा कोठाबाट गाँजा जस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । जाजरकोट, नलगाड नगरपालिका-७ कालिमाटी बस्ने २२ वर्षीय नरेन्द्र सुनार र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय पुनित शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ३९ हजार ९ सय ३५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार जाजरकोटामा थुनामा रहेका व्यक्तिलाई भेट्न आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय अरबस अनसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ट्याब्लेट सहित सिन्धुली दुधौली नगरपालिका-३ बस्ने २९ वर्षीय रोशन भुजेललाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले गाईघाटबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७१६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, शान्तिनगर गाउँपालिका-४ गब्दुवा सुन्दर सामुदायिक वन जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-१ पाठक चोक बस्ने २७ वर्षीय रबिन भन्ने चुरामणी धिताललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमित पौदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कर कार्यालय नजिकै डेरा गरी बस्ने दैलेख नारायण नगरपालिका-८ घर भएका ३१ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-४ ललितपुर बस्ने २१ वर्षीय दरपन यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय ६७ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०५-०८

उदयपुर, कटारी नगरपालिका-४ मरूवा खोला नजिकबाट अवैध लागूऔषध गाँजा १ सय ९९ किलो ३ सय २० ग्राम सहित कटारी नगरपालिका-४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१० चिप्लेटीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ भिर्कुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका-७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवन राप्ती नगरपालिका-१ पिप्ले बस्ने ३६ वर्षीय कर्ण बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०५-०८

काठमाडौं, कीर्तिपुर नगरपालिका-३ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ घर भएका २३ वर्षीय बिरेन्द्र टमटालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय संजय मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडस्थित पुर्वेली म:म: कर्नर एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ बस्ने २७ वर्षीय देव साउद, सोही नगरपालिका-८ बस्ने २० वर्षीय अभिषेख चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हेमराज पन्त रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, अर्जुनधारा नगरपालिका-६ माहानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम चुलाचुली नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लुइटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३८ प २०२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया AYE THIDA AUNG र २९ वर्षीया NAY THU REIN रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ घर बताउने २८ वर्षीय चरन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-१ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडांगी बस्ने ३४ वर्षीय पदम चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी, अस्थायी प्रहरी चौकी बुट्टाबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ४० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय आशिक महतो समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००५ प २४१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम र गाँजा ३३ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र ३० वर्षीय सिताराम तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रदिप टुडु, २० वर्षीय सचिन दास र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय संजित राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प २८४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।कपिलवस्तु, शिवराज नगरपालिका-५ सुन्दरटोल बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद ४ हजार ८ सय २० रूपैयाँ सहित गुलरिया नगरपालिका-१ बस्ने २७ वर्षीय भुपेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताराताल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट अवैध लागूऔषध गाँजा ४ सय ९३ ग्राम सहित कौडेना गाउँपालिका-२ ईनर्वा टोल बस्ने २५ वर्षीय अमान मिकरानिलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०५-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१० मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । पर्सा, पोखरिया नगरपालिका-५ सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।