प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ

२०८३-०१-११

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र नगद २० हजार रूपैयाँ सहित सोही महानगरपालिका-८ तिलगंगा बस्ने महोत्तरी पिपरा गाउँपालिका-२ घर भएका ३८ वर्षीय सरोज यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ मनमैजुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ३६ वर्षीय सबिन राज गुणी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ जनजाती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम र नगद ९ हजार १ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुन्दर बुढा र सोही उपमहानगरपालिका-१५ मनकामना टोल बस्ने २८ वर्षीय संजय खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सुन्दरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी दाङ, गढवा गाउँपालिका-१ धानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोविन्द घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले उनले प्रयोग गरेको बा.८५ प १९५१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । 

ललितपुर, ललितपुर महानगरपालिका-१५ बोधीग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित सोही महानगरपालिका-२६ ढोलाहिटी बस्ने २० वर्षीय प्रशान्त मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१४ नखिपोट बस्ने बारा घर भएका ३० वर्षीय सरण आले मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ४१ एम्पुल, डाईजेपाम ३९ एम्पुल र फेनारगन ३९ एम्पुल सहित सोही नगरपालिका-७ चागाथली बस्ने ३० वर्षीय विजय खड्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बा.६७ प १५४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

डडेलधुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित पुल हाउसबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६६ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गैरे र सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय राम बहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले रोशनले संचालन गरेको उक्त पुल हाउसमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय नविन सुवेदी र ३० वर्षीय सुवास थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-४ बस्ने ४७ वर्षीय जान अलि बेडुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित सोही नगरपालिका-७ मेघा टोल बस्ने २४ वर्षीय सुमन मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, झापा गाउँपालिका-४ चौधरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८९ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ बस्ने ३१ वर्षीय मदन मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाचँथर फिदिम नगरपालिका-१ बस्ने २४ वर्षीय भिमराज खजुम, २९ वर्षीय राजमान राई र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

काभ्रे, धुलिखेल नगरपालिका-१२ पिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो २१ ग्राम र पोलेन २ सय १० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रञ्जु तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

 इलाम, इलाम नगरपालिका-९ गोलबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम  र नगद १ लाख ८ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुधिर अधिकारी र उनकै श्रीमती २७ वर्षीया पार्वता चौहान अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ गैरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय तुफान विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित बराक्षेत्र नगरपालिका-३ बस्ने ३४ वर्षीय जिवन कार्की समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-११ फुलबारी डेरा गरी बस्ने लमजुङ घर भएका २७ वर्षीया मन्दिरा थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ९ लाख रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित  सुन्दरहरैँचा नगरपालिका-२ बस्ने २० वर्षीय सुदिप उराउलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-१३ भरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय धन बहादुर रोकालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय जिवन बहादुर खड्का समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलीयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ साडेपानी बस्ने १९ वर्षीय पुर्ण बहादुर बिष्ट र १९ वर्षीय सुरज नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २१ ग्राम ४ सय ७०  मिलिग्राम सहित सोही नगरपालिका-९ सिसैया बस्ने ७० वर्षीय भिम बहादुर ऐरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ गुलारिया बस्ने ३२ वर्षीय हर्क बहादुर देउवा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६

कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०१

बारा, गढीमाई नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे.३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा. प्र.०३-००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा. प्र.०३-००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को. २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।