अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१६
- A
- A-
- A+
झापा, अर्जुनधारा नगरपालिका-११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पाँचथर, फिदिम नगरपालिका-१ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका-१२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बारा, सिम्रौमनगढ नगरपालिका-३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।