अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८३-०१-१६
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।