अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय हिरा सिंह चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ गन्धर्व बस्ती बस्ने ४३ वर्षीय अस्गर अली तेलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प ६३८७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।