प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२०८३-०१-१८

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित पार्किङ गरिराखेको बा.५ ख ७३१५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा भक्तपुर दुवाकोट बस्ने काभ्रे घर भएका ३० वर्षीय महेश पन्त समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरी समेत १० जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।