लुटपाट तथा चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०१-२३
- A
- A-
- A+
काठमाडौं, लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाडौं महानगरपालिका-१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् ।
काठमाडौं महानगरपालिका-२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाडौं महानगरपालिका-२५ मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रूपैयाँ, मोबाइल २ थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १ राउण्ड, नक १ थान र घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।