प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८३-०१-२८

  • A
  • A-
  • A+
Share

धनुषा, जनकनन्दिनी गाउँपालिका-३ महुवा बस्ने बिन्दे मण्डलको घर पछाडी बारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय अजिम राईन समेत ७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार १९ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२२

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ लामाखेत बस्ने बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नन्दराम बाठा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीस्थित चुलाढुंगे रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका सञ्चालक सोही ठाउँ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-४ घर भएका ४१ वर्षीय कुलदिप राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ६ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।