प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८३-०१-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-४ लोलाङ हरियाली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ३२ ट्याब्लेट, डिजिटल तराजु १ थान र नगद ८६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २० वर्षीय सागर तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ कालुपाण्डेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २२ वर्षीय परिन लामा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय रमेश सुर्खेती रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली बस्ने रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएकी २३ वर्षीया मिना तामाङलाई अवैध लागूऔषध गाँजा ३ सय ३० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र खड्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-८ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ भैसही बस्ने १९ वर्षीय निर्मल थारू र २४ वर्षीय सरोज बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको शिवरात्रीपुरबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बजारबाट गणेशपुरतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

 मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवशक्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रज्वल राई समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने ३० वर्षीय गोबिन्द चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ३ लाख ९५ हजार ८ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-३ धरान बस्ने ४३ वर्षीय राकेश परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका-६ भानुटोल बस्ने २४ वर्षीय नविन दर्नाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बहदुरामाई नगरपालिका-६ गमहरिया टोल बस्ने २९ वर्षीय बिरजु साह तुरहालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२८ समल टोल डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय सुमन तामाङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ जाँते तेलीखोला झोलङ्गेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सोही नगरपालिका-६ सुकेचौरी बस्ने २१ वर्षीय निउस राई समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले को.२२ प ६४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयुरधाप बस्ने २६ वर्षीय प्रनिक कार्की समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १३ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राकेश नेपाली र १९ वर्षीय आशिष विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१६ अमहवास्थित जङ्गलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७० एम्पुल, फेनारगन ७० एम्पुल र बुप्रेनोर्फिन ७० एम्पुल सहित सोही ठाउँ बस्ने ४७ वर्षीय जलालुदिन चुरियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ पन्थापाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय संतोष राजवंशी रहेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-२ रजवारा मिलन शिबिर बस्ने २५ वर्षीय रूकेश डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-३ सुन्दरवस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३५ वर्षीय अरूण खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २० वर्षीय कृष्ण परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२-००१ ख १००९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६ सय ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत चित्रकोट नगर जयपुर राजस्थान घर भएका ४१ वर्षीय अरपित वशल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-५ ईमिलिया बस्ने २६ वर्षीय तिर्थु रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-२ बगौरा बस्ने ३३ वर्षीय प्रदिप थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-२ खरबिन्द्र टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ३५ एम्पुल, बुप्रेनोर्फिन १ सय ३५ एम्पुल र फेनारगन १ सय ३५ एम्पुल सहित सोही गाउँपालिका-१ हनुमान गडिया बस्ने ३८ वर्षीय बिर्जु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०३-०८

बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध अफिम १५ किलो ३ सय ४० ग्राम र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ घर भएकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका-३ घर भएकी ४२ वर्षीया मिना रोकाया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेची बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-१ बस्ने १९ वर्षीय नुमसिक लिम्बुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र नगद १९ हजार ५ सय रूपैयाँ सहित मेचीनगर नगरपालिका-१३ बस्ने २३ वर्षीय आशिष गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने ४२ वर्षीय पर्शुराम थापालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७२ ग्राम ९ सय मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ बस्ने २५ वर्षीय अमन लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२ ग्राम ३ सय मिलिग्राम सहित भारत मधुवनी पदमाहा ग्राम पञ्चायत-२ जोगिया टोल बस्ने २८ वर्षीय छोटु भन्ने रंजित कुमार पासवान समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरी भाग्न खोजे पश्चात प्रहरीले गोली प्रहार गर्दा रंजित घाइते भएका थिए । घाइते रंजितको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दी बस्ने २३ वर्षीय निश्चल कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीया सरातुन खातुन र उनकै बुहारी २० वर्षीया सेविका सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीस्थित पिपलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट, स्पास्पेन १ सय २७ ट्याब्लेट र नगद २ हजार ७० रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश मादेन समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ देवीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय माकुने भन्ने राज कुमार तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३ मिलिग्राम सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ ग्राम ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय बेनी माधव खड्का समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र गाँजा ४ ग्राम ३ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय अस्पात अन्सारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाजुरा, बडिमालिका नगरपालिका-९ अस्पताल लाइनबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ३० मिलिग्राम र गाँजा ४० ग्राम १ सय ९० मिलिग्राम सहित  गौमुल गाउँपालिका-४ बस्ने २४ वर्षीय पुरन रोकायालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-६ बस्ने २६ वर्षीय ललित बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित बोहोरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१५ घर भएका ३० वर्षीय प्रदिप केसी, २६ वर्षीय ललित केसी र सोही उपमहानगरपालिका-१४ घर भएका २९ वर्षीय रविन चौधरी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-५ घर भएका २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ घर भएका २० वर्षीय निरज कुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी भाग्न खोज्दा प्रहरीले  गोली प्रहार गर्दा किशोर प्रसाद घाइते भएका थिए । घाइते भएका किशोर प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँके, खजुरा गाउँपालिका-५ उढरापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय ९० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-५ उढरापुर बस्ने ३१ वर्षीय मुजमिल खाँ लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ बस्ने ३२ वर्षीय राम प्रकाश थारू र ३३ वर्षीय करण थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि लागूऔषध खरिद गर्न आएका अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८५ ट्याब्लेट र स्पास्मो २ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मकम डाँडा बस्ने २६ वर्षीय जाल कुमार राई र ३० वर्षीय किलर भन्ने नेत्रमन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ३८१८ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक जाल कुमार र अटोमा सवार नेत्रमनलाई पक्राउ गरेको हो । यसैगरी उदयपुर, कटारी नगरपालिका-४ कान्छिबजारबाट नियन्त्रित लागूऔषध टापेन्डाडोल ५६ ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण गोले तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-८ ग्यानेगैडी बस्ने ५७ वर्षीय भैरव प्रसाद भाटलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० पात्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी देवानगन्ज नगरपालिका-५ साहेबगन्ज बस्ने २६ वर्षीय पप्पु भन्ने सनि कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय एमिल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नारायणी महलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ९ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१ पानसुके चोक डेरा गरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ हेटौंडा क्याम्पस नजिक डेरा गरी बस्ने भारत घर भएका ४६ वर्षीय रामजी बानियाँ सँग उक्त लागूऔषध खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात रामजीको कोठा तलासी गर्दा १२ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १२ हजार ६ सय रूपैयाँ फेला पारी रामजीलाई समेत प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको लागि रामजीको श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ मयुरधाप घर भएकी २४ वर्षीया अंजलि तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय प्रमोद साह र सोही नगरपालिका-९ बस्ने २० वर्षीय उमेश रूचाल रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले स.७ प ७३६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ भन्ज्याङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय नेम्बाङ लिम्बु र सन्दकपुर गाउँपालिका-२ माईमझुवा बस्ने २१ वर्षीय सुदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले  मे.९ प ८८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-५ भेडुबाथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ५ सय ट्याब्लेट सहित भारत विहार अररिया सिक्टी थाना आँपगाछी पञ्चायत लेटी गाउँ १४ बस्ने २५ वर्षीय अभिषेक कुमार मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ ए एच ८७९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय तबरेज मन्सुर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २९ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भीमापुर बस्ने १९ वर्षीय सनम थारूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  उदयपुर, कटारी नगरपालिका-६ बैनाज पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-६ बाउनटार घर भएका ३० वर्षीय नर बहादुर पुलामी मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २९ वर्षीय वसिम जसगढ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने २० वर्षीय ओम मण्डल समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी  चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ग्राम सहित बारा घर भएका ५० वर्षीय राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने ३१ वर्षीय विवेक राजवंशी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक समेतबाट खटिएको प्रहरीले विवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ३५ वर्षीय राज कुमार कामती र उनकै श्रीमती ३३ वर्षीया मनिका कामती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले मे.९ प ४०७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका-७ भङ्हा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-११ तीनघरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३१ वर्षीय भुबन राय र ३६ वर्षीय सन्जु तामाङ रहेका छन् । प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले झापाबाट पाचँथरतर्फ जाँदै गरेको मे.८ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।