प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

२०८३-०१-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम र नगद ५७ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर च्यामासिंह बस्ने दोलखा घर भएका २८ वर्षीय बिनोद खड्का र काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने गोरखा घर भएका २४ वर्षीय बिपन सिजापती रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७९ प ७०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ कञ्चनबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका प्रेम बहादुर स्याङताङ्गलाई अवैध लागूऔष पोलेन २ किलो १ सय ६४ ग्राम, नगद १ लाख ७७ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । 

पर्सा, पोखरीया नगरपालिका-४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २२ वर्षीय राजेश साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, दुहबी नगरपालिका-१२ सितापुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३० वर्षीय बसन्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल मोटरसाइकल सहित फरार भएका चालकको खोजी गरिरहेको छ । 

यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका-१८ रैहिपुर बस्ने ४८ वर्षीय सितल चौधरी र उनकै छोरा २३ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८१ हजार ३ सय ४० रूपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२३ प ६४१८ र मे.१ प ३९९५२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, दमक नगरपालिका-७ सिर्जना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पासरेस्ट ३ सय ट्याब्लेट सहित मोरङ पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २५ वर्षीय दिपन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम, स्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय ५० रूपैयाँ र सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय ऐकेन्द्र सुनार र सोही नगरपालिका-१४ बस्ने २० वर्षीय प्रशान्त सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र गरगहना सहित पक्राउ गरेको हो । 

मकवानपुर,  हेटौंडा उपमहानगरपालिका-१० रानीदरबारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ सूर्यचोक डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-३ जङ्गलसैया घर भएका २३ वर्षीय रोहन कुशवार समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय दाताराम रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरी समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-२९ नयाँ तालचोक बस्ने २२ वर्षीया रूबिना खातुङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० ग्राम र नगद ११ लाख ४८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिशुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाख कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कास्की, पोखरा महानगरपालिका-१ बगर नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ ट्याब्लेट, नाईट्राभेट १७ ट्याब्लेट र नगद ४३ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम बहादुर गुरूङलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

  बर्दिया, गुलरीया नगरपालिका-७ महाकबी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० ग्राम  सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उतर प्रदेश खिरी तिकुनिया बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र २६ वर्षीय बिजय सिंह रहेका छन् ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बर्दिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गमती बस्ने ३० वर्षीय सुरोज राज तुलाधर र बाँके खजुरा गाउँपालिका-४ एफ गाउँ बस्ने ३७ वर्षीय दिपक नाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, बन्दिपुर गाउँपालिका-४ डुम्रे बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित भानु नगरपालिका-१ नयाँबस्ती बस्ने २३ वर्षीय बिशेक परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्सेबाट नियन्त्रित लागूऔषध फेनारगन १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुल सहित सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय बिक्रम मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-१ रौलेश्वर बस्ने २२ वर्षीय हरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, कानेपोखरी गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमापलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, कंचनरूप नगरपालिका-९ रूपनगर बस्ने ३० वर्षीया मनरेखा यादवलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम र गाँजा १ सय ४० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित सुर्खेत बस्ने कालिकोट रासकोट गाउँपालिका-६ रूप्सा घर भएका २३ वर्षीय बिनोद शाही समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने २२ वर्षीय उपेन्द्र थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८३-०१-२९

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका-२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट अवध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम र नगद १९ हजार ३ सय ५० रूपैयाँ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ सर्रा बस्ने २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, सोही उपमहानगरपालिका-१८ फुर्सेकाली बस्ने १९ वर्षीया बिमला बुढा मगर र सोही उपमहानगरपालिका-१५ स्वर्गद्वारी टोल डेरा गरी बस्ने प्युठान घर भएका २१ वर्षीय देबका थापा क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ नवबिहानी टोलस्थित घोराही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय शकंर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित बराहताल गाउँपालिका-९ फिनिकाँडा बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-२९

मकवानपुर, बकैया गाउँपालिका-७ हर्दाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ५ ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिजय भोलन, २३ वर्षीय विशाल लोप्चन, सोही गाउँपालिका-३ बस्ने ३४ वर्षीय संजिव लामा र बारा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले बिजयको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-५ नयाँ बस्ती बस्ने २० वर्षीय अनिल विक र बाँके कोहलपुर नगरपालिका-१२ चपरगौरी बस्ने १९ वर्षीय पवन पुन मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले फुटाहाबाट मैनापोखरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय दावा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-५ माझी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ बस्ने २५ वर्षीय अकेस माझी, २९ वर्षीय अर्जुन माझी र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २९ वर्षीय मुकेश महतोलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ९ सय  मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-६ बस्ने २१ वर्षीय समिर राई र सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय शक्ति राई रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२८ प ९०९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित सोही नगरपालिका-७ बस्ने २५ वर्षीय कार्तिक कुमार मण्डललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४२ मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ३४ वर्षीय संजय साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, भजनी नगरपालिका-८ बदला चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने २५ वर्षीय बिष्णु कठायत र सोही नगरपालिका-१० बस्ने १९ वर्षीय धर्मेन्द्र शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-८ चमारीपुर बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ तुल्सी मार्ग डेरा गरी बस्ने लम्जुङ घर भएका २९ वर्षीय सागर थापा मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र टापेन्टाडोल १४ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोली टोल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित रोल्पा माडी गाउँपालिका-४ तालावाङ बस्ने २० वर्षीय कमल डाँगी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले भे.२ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्चिम, सुनवल नगरपालिका-४ बेलारी बस्ने ५२ वर्षीय तारा बहादुर क्षेत्रीलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी  कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०१-२८

झापा, मेचीनगर नगरपालिका-६  पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित इलाम माई नगरपालिका-२ बस्ने ३१ वर्षीय नबिन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोला नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-१३ तिनकिलो बस्ने २५ वर्षीय अर्जुन आलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा.६२ प ७१०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०१-२८

काठमाडौं, तारकेश्वर नगरपालिका-४ लोलाङ हरियाली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ३२ ट्याब्लेट, डिजिटल तराजु १ थान र नगद ८६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २० वर्षीय सागर तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ कालुपाण्डेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २२ वर्षीय परिन लामा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय रमेश सुर्खेती रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली बस्ने रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएकी २३ वर्षीया मिना तामाङलाई अवैध लागूऔषध गाँजा ३ सय ३० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र खड्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ भैसही बस्ने १९ वर्षीय निर्मल थारू र २४ वर्षीय सरोज बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको शिवरात्रीपुरबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बजारबाट गणेशपुरतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवशक्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रज्वल राई समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने ३० वर्षीय गोबिन्द चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ३ लाख ९५ हजार ८ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-३ धरान बस्ने ४३ वर्षीय राकेश परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका-६ भानुटोल बस्ने २४ वर्षीय नविन दर्नाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बहदुरामाई नगरपालिका-६ गमहरिया टोल बस्ने २९ वर्षीय बिरजु साह तुरहालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२८ समल टोल डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय सुमन तामाङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-२७

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ दोघरे बस्ने २० वर्षीय धन बहादुर खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ४३८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ९० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने ३० वर्षीय रामकृष्ण थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ पथरैया बस्ने २६ वर्षीय असोक चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१३ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय विक्की कुवँरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१ पशुपतीटोल बस्ने ३८ वर्षीय मो.मोविन कुरैसी र ३२ वर्षीय सलिम कुरैसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका युपि ३१ एल ७८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रौतहट, चन्द्रपुर नगरपालिका-५ स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित फार्मेसीका संचालक सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४२ ट्याब्लेट, स्पास्मो ११ ट्याब्लेट र नगद ४९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ छप्कैया बस्ने ३५ वर्षीय ओसिम ठकुराई, मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने ३७ वर्षीय राजु बानिया र बारा कलैया उपमहानगरपालिका-६ बस्ने ५२ वर्षीय अलिहदन मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३७ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ कमाने टोल बस्ने २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बमजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बा.८६ प २१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय पवन खड्का र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय रूमिलुङ राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय कुर्वान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने ३७ वर्षीय बिशाल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ नमुना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीया सुस्मिता लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ४३ ट्याब्लेट सहित धनुषा मिथिला नगरपालिका-३ लालभिती बस्ने २१ वर्षीय दिपक विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.१४ प २१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय साइवक सारू मगर र सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय पवन राई रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ रामपुर बस्ने १६ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-२६

काठमाडौं, टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-९ बगैचा लाईनस्थित रत्न होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सन्देश तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे घर भएका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोड नगरपालिका-६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश०२-०२७ प ३२८१ र बागमती प्रदेश ०२-०४३ प ४८८२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१८ एक्लोडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोलुखुम्बु घर भएका २४ वर्षीय एलस राई र नुवाकोट घर भएका २६ वर्षीय जयमान लामा रहेका छन् । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित नुवाकोट घर भएका १९ वर्षीया अंजली रोईलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गारामनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन २ सय ९५ ट्याब्लेट सहित दमक नगरपालिका-२६ बस्ने सुमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कनकाई नगरपालिका-३ पिंगडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३४ वर्षीय बिदुर पौडेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०१२६ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-९ माछागढ बस्ने २७ वर्षीय मोहन थारू र २५ वर्षीय दिल बहादुर थारू रहेका छन् । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले भे.६ प ९१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय अमृत प्रसाद पौडेल र ३१ वर्षीय रूद्र बहादुर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँ बस्ने २७ वर्षीय जुबेर हलुवाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।