अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०१-३१
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन ८३ ग्राम र डिजिटल तराजु १ थान सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ घर भएका ३१ वर्षीय केदार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गीलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय हिक्मत बहादुर साउदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।