प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०२-०६

  • A
  • A-
  • A+
Share

बाँके, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार