मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-०६
- A
- A-
- A+
पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय प्रेम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१२ दिलबन्धु पेट्रोलपम्पस्थित पार्किङ गरी राखेको म.प्र.०३-०३३ प ८५१७ नम्बरको मोटरसाइकल मंगलबार साँझ चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।