अवैध लागूऔषध विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नाइट्राजेपाम ४ सय २० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेख गाउँपालिका- ४ घर भएका २३ वर्षीय राजु घोले, ललितपुर बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका २२ वर्षीय कोशिस दनुवार, ललितपुर महानगरपालिका-१७ घर भएका १८ वर्षीय किशोर र रामेछाप मन्थली नगरपालिका-५ घर भएका २१ वर्षीय निशान बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१० लठैया बस्ने १९ वर्षीय आदित चौधरी र २० वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ७४१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ फिर्केपुलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अन्नपुर्ण गाउँपालिका-८ दानसिंह बस्ने २९ वर्षीय हरि नेपाली र २५ वर्षीय सरण विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-२ अर्चलवोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ पामे बस्ने २५ वर्षीय मौसम परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ५० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय रितेश केसी र ओखलढुङ्गा घर भएका २१ वर्षीय राजन मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, बिदेह नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सबैला नगरपालिका-१३ रघुनाथपर बस्ने ३२ वर्षीय नबिबुल रहमानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ७६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटबल उपमहानगरपालिका-३ गोलपार्कबाट नियन्त्रित लागूऔषध आईपिपिएल १८ एम्पुल, फेनारगन १८ एम्पुल र सेराज्याक १८ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिष बस्नेतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित उर्लावारी नगरपालिका-३ बस्ने २५ वर्षीय रोशन थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनरबासस्थित रामाईलो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय समिप राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित दमक नगरपालिका-३ बस्ने २४ वर्षीय बिनोद कटुवाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कृष्णटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आयुष सार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।