करिब १ सय २५ किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित सोही उपमहानगरपालिका-१८ पसहा टोल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-१ पौराही घर भएका २७ वर्षीय मान बहादुर स्याङतानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ पिलुवाबाट डुमरवानातर्फ आउँदै गरेको आल्फाबेट नखुलेको ४३११ नम्बरको कारमा सवार व्यक्तिले ९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फाली फरार भएपश्चात गाँजा ओसारपसार गर्ने मध्येका मान बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार र कारमा सवार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।