प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल चोरी गरेको अभियोगमा १ जना पक्राउ

२०७८-११-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वर घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने २१ वर्षीय पुल्कित ठकुरीलाई तीन थान मोटरसाइकल चोरी गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित सडकमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले ठकुरीले चलाई ल्याएको बा.९२ प ३८ लेखिएको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवारी साधनको आवश्यक कागजपत्रहरु माग गर्दा सम्बन्धित कागजपत्रहरु दिन नमानेकाले शंका लागि मोटरसाइकलको निरीक्षण गर्दा अगाडि तथा पछाडीको नम्बर प्लेटमा टेपले अंक छोपिएको पाइएपछि थप सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल ललितपुर मङ्गलबजारबाट चोरी गरेको खुल्न आएको थियो । 

थप अनुसन्धानको क्रममा उनले बिभिन्न मितिमा कोटेश्‍वर इलाक समेतबाट चोरी गरी ल्याएका थप २ थान मोटरसाइकलहरु काठमाडौं महानगरपालिका-३२ नरेफाँट कोरिडोरस्थित खाली जग्गामा रहेको फोहोर फाल्ने थुप्रो नजिक लुकाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । 

उनीउपर चोरी गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान कार्य भइरहेको छ । 


सम्बन्धित समाचार
सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३०

काठमाडौं, सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्जलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै छोरीको कक्षा ११ र १२ पास भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाई सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ३ गतेको फैसलाले १ वर्ष  कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय सम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रूपैयाँ, सम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रूपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका-३ बाट सोमबार तथा सम्भुलाई टोखा नगरपालिका-२ बाट र सनमलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-३०

काठमाडौं, ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ललितपुर महानगरपालिका-५ मानभवन बस्ने काठमाडौं महानगरपालिका-१८ रक्तकाली घर भएका ६३ वर्षीय ज्योति प्रकाश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुली कमलामाई नगरपालिका-६ बसपार्क नजिकबाट पक्राउ गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-३०

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू वीरगंज महानगरपालिका-२७ बस्ने ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको २०७६ साउन ३१ गते हत्या गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् । पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ