जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०२-१७
- A
- A-
- A+
उदयपुर, त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने ४५ वर्षीय महेन्द्र चौधरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा महेन्द्र समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार ३ सय ८२ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।