जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१७
- A
- A-
- A+
म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ बस्ने ५० वर्षीय धन बहादुर सिर्पालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डडेलधुरा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-१० बस्ने ४० वर्षीय मान बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।