जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०२-१८
- A
- A-
- A+
कैलाली, गौरीगंगा नगरपालिका-४ राजिपुर बझाङ्गी टोल बस्ने ४८ वर्षीय जगत धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा जगत समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-११ पिपल चोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा लिम्चुङबुङ गाउँपालिका-२ बस्ने ४७ वर्षीय भलराज राई समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।