हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-२१
- A
- A-
- A+
भक्तपुर, आफ्नै श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० छालिङ रोड डेरा गरी बस्ने काठमाडौं शंखरापुर नगरपालिका-६ नाङ्लेभारे घर भएका ३८ वर्षीय विदुर विश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा विदुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाजुरा, बुढीनन्दा नगरपालिका-६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय टेकेन्द्र रावतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्रले ढुंगा प्रहार गर्दा निरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।