प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ

२०८३-०२-२४

  • A
  • A-
  • A+
Share

ललितपुर, बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका-२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरामीको संचालिका गोरखा सिरानचोक गाउँपालिका-३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसुर ) मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०२-२४

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँ सहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय Bhima Srinivas लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सय सहित सोही गाउँपालिका-३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

रौतहट, ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी गुजरा नगरपालिका-२ मैढा टोल बस्ने ३६ वर्षीय राज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर सव डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन समुहको संयुक्त गस्ती टोलीलाई चन्द्रपुर नगरपालिका-६ लमहा खोला नजिकै राज किशोर लगायत ७/८ जना व्यक्तिहरूले गत १९ गते राति कुटपिट गरेको घटनामा जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये राज किशोरलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय विर्ता वीरगंज पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-४ नारायणी अस्पताल नजिकैबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन् ।  पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रूपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०२-२२

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ झोछे बस्ने भारत ओडिसा केन्द्रापाडा घर भएका १९ वर्षीय सुभम मोहन्तीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुकमा नेपाल सर्भिस नामक फेसबुक आईडी तथा ह्वाट्सएप मार्फत प्राइभेट भिल्ला पार्टी (१८+) गर्ने भनि विभिन्न व्यक्तिहरूलाई पैसा अनुसारको केटी तथा मादक पदार्थ सहित काठमाडौंको विभिन्न स्थानमा रहेको घरमा लगी सुविधा दिने भन्ने पोष्ट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।