प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका अभियुक्त पक्राउ

२०८३-०२-२७

  • A
  • A-
  • A+
Share

पर्वत, कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका-५ बस्ने २८ वर्षीय कुशल पुरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

फलेवास नगरपालिका-५ खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका-५ बिनामारे घर भएकी ५२ वर्षीय सन्तु नेपाली भन्ने सोमकुमारी नेपाली आफ्नै कोठामा जेठ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका-५ पातीचौरस्थित होटल प्रिन्साबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा कुशलले सन्तु नेपालीको कोदालो प्रहार गरी हत्या गरी मृतकले लगाएको सुनको सिक्री र मुन्द्रा लुटेको खुल्न आएको छ । प्रहरीले कुशलको साथबाट मृतककले लगाउने सुनको मुन्द्रा ८ थान बरामद गरेको छ । साथै थप अनुसन्धानको क्रममा लुटिएको सुनको गरगहना कुश्मा नगरपालिका-५ दर्शनटोल बस्ने स्मृति गहना उद्योगका सञ्चालक रमेश कुमार श्रेष्ठलाई बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले रमेशको गहना उद्योग तलासी गर्दा मृतकले लगाउने सुनको सिक्री १ थान र मुन्द्रा २ थान फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  

उनीहरू उपर जिल्ला अदालत पर्वतबाट म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२६

झापा, अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाँई रहेका छन् ।  बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने चार जना पक्राउ
२०८३-०५-२५

काठमाडौं, सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका-५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०५-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका लोकन्थली बस्ने सप्तरी सुरङ्गा नगरपालिका-५ घर भएका  २४ वर्षीय मोहमद नुरूलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महोमदले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।