अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१५ चिहान घाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने नुवाकोट घर भएका ३२ वर्षीय कुमार तामाङ समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेची किनारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।