जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-०६
- A
- A-
- A+
बाँके, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शिवाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।