बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०६
- A
- A-
- A+
काठमाडौं, बहुविवाह मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ साँगाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।