प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०३-०७

  • A
  • A-
  • A+
Share

डोटी, शिखर नगरपालिका-९ सुन्न बस्ने घनश्याम विकलाई भरूवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।

इलाका प्रहरी कार्यालय दिपायल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०६

काठमाडौं, बहुविवाह मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ साँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन् । पक्राउ मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ, सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार, सुक देवलाई बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार तथा मनिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, रामलाई काठमाडौं महानगरपालिका-१६ बाट, अमृतलाई काठमाडौं टोखाबाट र मिरलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार पक्राउ गरेको  हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।